काठमाडौं, साउन २९ जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमासिक अवधिमा पाँच करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ६२ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीले गत आवको चौथौ त्रैमासिक अवधिमा सात रुपैयाँ २३ पैसा प्रति सेयर आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १४ रुपैयाँ ६८ पैसा रहेको छ ।