ललितपुर, मिस नेपाल २०२५ का लागि २६ जना सुन्दरीको फाइनल सूची सार्वजनिक भएको छ। शुक्रबार ललितपुरको द प्लाजा होटलमा आयोजित 'स्यास सेरेमोनी' मार्फत फाइनल प्रतिस्पर्धीहरूको औपचारिक घोषणा गरिएको हो।प्रतियोगिताको ग्रान्ड फिनाले भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने बताइएको छ।
यो वर्ष मिस नेपाल प्रतियोगिता विविध पृष्ठभूमिबाट आएका प्रतिभाशाली युवतीहरूले सजिएको छ। स्वास्थ्य सेवा क्षेत्रमा काम गर्ने सहभागीहरूको उल्लेख्य उपस्थिति देखिएको छ। डाक्टर, नर्स, फार्मासिस्टदेखि मानसिक स्वास्थ्य र योगजस्ता क्षेत्रमा क्रियाशील महिला सहभागी छन्।दोलखाकी आरती थापा (१६०) योगा शिक्षकसमेत हुन् भने उनी कम्प्युटर एप्लिकेसनमा अध्ययनरत छन्। समाजशास्त्र अध्ययन गरिरहेकी काठमाडौँकी एन्जिला रजक (१३०) कन्टेन्ट क्रिएटरसमेत हुन्। उनी विश्व मञ्चमा नेपाललाई चिनाउन मिस नेपालमा सहभागी भएको बताउँछिन्।
जनकपुरकी अनुप्रिया ठाकुर (६०) बिजनेस अध्ययनरत छिन् भने नुवाकोटकी फार्मासिस्ट अनुराधा शर्मा ढकाल (५०), काठमाडौंकी डाक्टर आश्रीया थापा (११०), नेपाल मेडिसिटी अस्पतालमा कार्यरत प्रज्ञिका क्षेत्री (२६०), र इन्टर्नसिपमा रहेकी डाक्टर संस्कृति भट्टराई (२०) ले पनि यसपटक मिस नेपालमा सहभागिता जनाएका छन्। १७ वर्षको उमेरमै अष्ट्रेलिया गएकी लुना लुइँटेल (९०) पेशाले क्लिनिकल नर्स स्पेसलिस्ट हुन्। स्कुबा डाइभरसमेत रहेकी उनी अहिले २६ वर्षकी छिन्।
फिनालेका लागि छनोट भएका २६ प्रतिस्पर्धीहरूको सूचीः
१. सान्भी मण्डल (१०)
२. संस्कृति भट्टराई (२०)
३. सुदिना हुमागाईं (३०)
४. श्रुती महर्जन (४०)
५. अनुराधा शर्मा ढकाल (५०)
६. अनुप्रिया ठाकुर (६०)
७. दीपशिखा नेपाल (७०)
८. जगदिश्वरी शाह (८०)
९. लुना लुइँटेल (९०)
१०. जशोदा कार्की (१००)
११. आश्रीया थापा (११०)
१२. उरुषा भण्डारी (१२०)
१३. एन्जिला रजक (१३०)
१४. सृष्टिकुमारी तामाङ (१४०)
१५. क्रिस्टिना बस्नेत (१५०)
१६. आरती थापा (१६०)
१७. समृद्धि केसी (१७०)
१८. सइच्छा थापा (१८०)
१९. स्वाती पञ्जियार (१९०)
२०. सोनी घले (२००)
२१. श्रीयानी श्रेष्ठ (२१०)
२२. स्मृति श्रेष्ठ (२२०)
२३. ओजल रायमाझी (२३०)
२४. निलिमा पाण्डे (२४०)
२५. प्रियंका थापा (२५०)
२६. प्रज्ञिका क्षेत्री (२६०)
यस वर्षको मिस नेपाल प्रतियोगिता केवल सौन्दर्यमा सीमित नभई प्रतिभा, शैक्षिक योग्यता र सामाजिक सक्रियताको आधारमा पनि निकै समृद्ध देखिएको छ।