काठमाडौं । सानिमा बैंकले फोन–पेसँगको सहकार्यमा अन्तरबैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाअन्तर्गत ग्राहकहरूले फोन–पे नेटवर्कमा आब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्नेछन् ।
बैंकका अनुसार यो सेवाले दुर्गम स्थानका शाखामा सीमित एटीएम पहुँच भएका ग्राहकहरूलाई आपत्कालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । साथै, अन्य सेवाशुल्क जस्तैः अनलाइन शुल्क/सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ । बैंकले हाल सातै प्रदेशमा एक सय ३४ वटा शाखा कार्यालय तथा एक सय २७ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।