काठमाडौं । ललितपुरको बखुन्डोलमा रहेको सारङ्ग हेल्थ केयर प्रालिमा सिद्धार्थ बैंकका ग्राहकले विभिन्न सेवामा छुट पाउने सम्झौता भएको छ । सम्झौताअनुसार उक्त हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा पाँच प्रतिशतसम्मको छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्रबाट थप जानकारी लिन सकिने बैंकले जनाएको छ ।