काठमाडौं । प्रभु बैंक र फ्रन्टलाइन हस्पिटलबीच सेवामा छुट दिने सम्झौता भएको छ । काठमाडौं महानगरपालिका १०, बानेश्वरमा रहेको हस्पिटलमा बैंकका ग्राहक र कर्मचारीले विशेष छुट पाउने भएका हुन् ।
सम्झौताअनुसार प्रभु बैकंका कर्मचारी, तिनका परिवारजन र ग्राहकले १० प्रतिशत छुट पाउनेछन् । सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका प्रमुख बजार अधिकृत रमेश कुमार श्रेष्ठ र बजार व्यवस्थापक दिना चित्रकारले हस्ताक्षर गरेका छन् ।
प्रभु बैंकका नेपालभर तीन सय १२ शाखा कार्यालयहरू, दुई सय ८६ वटा एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर छन् । बैंकले करिब ३१ लाखबढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।