काठमाडौं । पछिल्लो समय रियलस्टेट अर्थात् घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले गर्ने कर्जा लगानीमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले बैंकिङ क्षेत्रबाट घरजग्गामा गरेको ऋण प्रवाह बढेको देखाएको हो ।
आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाहरुले यस क्षेत्रमा कुल दुई खर्ब ७७ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यो कर्जा आव २०८०/८१ सोही अवधिको तुलनामा १७ अर्ब ५३ करोड ४० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब ६० अर्ब १८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार आव २०८१/०८२ को जेठ मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ७० खर्ब चार अर्ब ५३ करोड ७० लाख एवम् ५५ खर्ब ५४ अर्ब ६४ करोड ७० लाख रुपैयाँ रहेको छ । आव २०८०/८१ को सोही अवधिमा यस्तो निक्षेप तथा कर्जा रकम क्रमशः ६२ खर्ब ६० अर्ब ७४ करोड ६० लाख एवम् ५१ खर्ब २८ अर्ब ६२ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुले मात्र २०८१/८२ को जेठ मसान्तसम्ममा कुल ६२ खर्ब ६३ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम दुई खर्ब ३२ अर्ब ३७ करोड २० रुपैयाँ रहेको छ । यो कर्जा आव २०८०/८१ सोही अवधिको तुलनामा १५ अर्ब २५ करोड ३० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा वाणिज्य बैंकहरुले ५५ खर्ब ४० अर्ब ४८ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ खर्ब ३२ अर्ब १८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब १७ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
आव २०८१/८२ को जेठ मसान्तसम्ममा विकास बैंकहरुले मात्र छ खर्ब १३ अर्ब ५४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब २० अर्ब २५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियस्टेट क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम ३३ अर्ब ५७ करोड ८० लाख रुपैयाँ रहेको छ । यो कर्जा आव २०८०/८१ को सोही अवधिको तुलनामा ८३ करोड ३० लाख रुपैैयाँले बढी हो । उक्त अवधिमा विकास बैंकहरुले कुल पाँच खर्ब ९४ अर्ब ४६ रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ९७ अर्ब ७४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम ३२ अर्ब ७४ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
फाइनान्स कम्पनीहरुले भने २०८१/८२ को जेठ मसान्तसम्ममा एक खर्ब २७ अर्ब १६ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ९२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल ११ अर्ब ७६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा आव २०८०/८१ सोही अवधिको तुलनामा एक अर्ब ४५ करोड १० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा फाइनान्स कम्पनीहरुले एक खर्ब २५ अर्ब ८० करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ६९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल १० अर्ब ३१ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।