काठमाडौं । एनआईसी एसिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रालिबीच सम्झौता भएको छ । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई हेयर एन्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो । योसँगै बैंकका ग्राहकहरूले देशका विभिन्न ठाउँमा रहेका हेयर एन्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरूमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आइप्लेक्स मल, ठमेलस्थित छाया सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एन्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरूबाट उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
यसको उपभोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । लिजा श्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।