काठमाडौं । आईएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेसनल अपरेसन क्याटेगोरीअन्तर्गत ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित गरिएको छ ।
आईएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुईबीचको सहकार्यमा थप ऊर्जा भरेको कम्पनीले जनाएको छ । उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आईएमई मोटर्सको १० वर्षे यात्रालाई अझ विशेष र अर्थपूर्ण बनाएको जनाइएको छ । आईएमई मोटर्सका सर्भिस प्रमुख मित्रकुमार श्रेष्ठले यो पुरस्कार कम्पनीका प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए । भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने श्रेष्ठको भनाइ थियो ।
अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो, यसमा नवप्रवर्तन, सञ्चालन दक्षता र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ ।