काठमाडौं । नेपाल उद्योग परिसंघले क्षेत्रगतरूपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ । परिसंघले गठन गरेको समितिहरूमा उद्योग समिति, राजस्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ तथा फाइनान्स समिति, पर्यटन समिति, कृषि तथा म्याप समिति, प्रदेश तथा जिल्ला समन्वय समिति, सदस्यता समिति, उत्पत्तिको प्रमाणपत्र समिति, शिक्षा तथा सीप समिति, स्वास्थ्य परिषद् रहेका छन् ।
यसैगरी, रोजगारदाता परिषद्, ऊर्जा विकास परिषद्, सूचना प्रविधि परिषद्, सीइओज् फोरम, महिला नेतृत्व फोरम, स्टार्टअप तथा युवा उद्यमी मञ्च गठन गरिएको छ । परिसंघले समितिहरूको सभापति तथा उपसभापतिहरूको चयन समेत गरेको छ । परिसंघ सचिवालयमा आइतबार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गठित समिति, काउन्सिल तथा फोरमका सभापति तथा उपसभापतिहरूलाई मनोनयन पत्र प्रदान गरेका हुन् ।
सो अवसरमा अध्यक्ष पाण्डेले सरकार एवं नियामक निकायहरूलाई स्पष्ट नीतिगत सुझाव दिन, उद्यमीहरूको प्रवद्र्धन गर्दै मुलुकको समग्र आर्थिक विकासका लागि समितिहरूले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरे । समितिहरूको सहयोगमा परिसंघले आगामी दुई वर्ष प्रभावकारीरुपमा काम गर्ने उनले बताए ।
परिसंघको उद्योग समिति सभापतिमा राहुल अग्रवाल र उपसभापतिमा गुरु अधिकारी, राजस्व समिति सभापतिमा गोपाल अग्रवाल, उपसभापतिमा दीपक कुमार अग्रवाल र शेषमणी दाहाल, कृषि तथा म्याप समिति सभापतिमा हितेश गोल्छा, मेक इन नेपाल स्वदेशी समिति सभापतिमा प्राशी अग्रवाल, उपसभापतिमा विदूषी राणा, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति सभापतिमा चन्द्र चण्डन र उपसभापतिमा वर्ण न्यौपाने चयन भएका छन् । यस्तै, पूर्वाधार समिति सभापतिमा रामकृष्ण खतिवडा र उपसभापतिमा बसन्त चन्द, बैंकिङ तथा फाइनान्स समिति सभापतिमा वरुण कुमार तोदी, पर्यटन समिति सभापतिमा पम्फा धमला, उपसभापतिमा अशोक पोखरेल र रोमी अर्याल छन् ।
प्रदेश तथा जिल्ला समन्वय समिति सभापतिमा लेखराज पोखरेल र उपसभापतिमा पवन कुमार शारडा, सदस्यता समिति सभापतिमा गौरव शारडा, उत्पत्तिको प्रमाणपत्र समिति सभापतिमा आकाश गोल्छा, शिक्षा तथा सीप समिति सभापतिमा आशीष जजोडिया, उपसभापतिमा यश अग्रवाल, स्वास्थ्य समिति सभापतिमा मनीष खेम्का, उपसभापतिमा आशीष अग्रवाल चयन भएको परिसंघले जनाएको छ ।
यसैगरी, रोजगारदाता परिषद् सभापतिमा धु्रव रिजाल, ऊर्जा विकास परिषद् सभापतिमा आशीष गर्ग, उपसभापतिमा सञ्जीव न्यौपाने, सूचना प्रविधि परिषद् सभापतिमा सञ्जय गोल्छा, सीइओज् फोरम सभापति हरकिरत सिंह बेदी, महिला नेतृत्व फोरम सभापतिमा विदूषी राणा, उपसभापतिमा आश्रयता कार्की, स्टार्टअप तथा युवा उद्यमी मञ्च सभापतिमा अनुराग गोयल, उपसभापतिमा आशीष अग्रवाल चयन भएका छन् ।