काठमाडौं । शेयर बजार पुन खुम्चिएको छ । अघिल्लो दिन १८ दशमलव ४४ अंकले खुम्चिएको शेयर बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुन दुई दशमलव सात अंकले ओरालो लागेर २९ सय ६२ दशमलव १३ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७८ अंकले ओरालो लागेर पाँच सय १३ दशमलव नौं बिन्दुमा खुम्चिएको छ । तीन सय २१ वटा कम्पनीहरुको एक लाख ७० हजार सात सय २६ पटकको कारोबारमा आज चार करोड ४१ लाख २४ हजार नौं सय २४ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।