काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावर लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीलाई हाल कायम रहेको चुक्ता पुँजीको शत प्रतिशत अर्थात् एकबराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो ।
बोर्डको अनुमतिअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यबराबरको ७० करोड रुपैयाँबराबरको ७० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल ७० करोड रूपैैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।