काठमाडौं । सग्तानी ग्रुप, लाइफ आइसक्रिम मेसेनरिज र नेपाल–इटाली उद्योग वाणिज्य संघको सहकार्यमा ‘नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण’ शीर्षकको कार्यक्रम राजधानीमा आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञहरू, उद्यमीहरू र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । इटालीका प्रमुख ब्रान्डहरू लाइफ, टेकनोइज, प्याकिन्ट र कोल्ड कारले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधिहरू प्रदर्शन गरेका थिए ।
यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुवात गर्नुका साथै नेपाल–इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाएको जनाइएको छ ।