सिरहा । जिल्लाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौँ लगानीको ‘विष्णु भवन’ वर्षौँदेखि प्रयोगविहीन अवस्थामा छ । वृद्धाश्रम सञ्चालनको उद्देश्यले करिब तीन करोडमा बनेको उक्त भवन अहिले जर्जर बन्दै गएको छ ।
भवन निर्माणका लागि सुरुमा दुई करोड ५० लाख रुपैयाँको बजेट ल्याइएको थियो भने ठेक्का सम्झौता दुई करोड रुपैयाँमा गरिएको थियो । त्यसपछि भान्साघर निर्माणका लागि थप एक करोड रुपैयाँ खर्च भएको पूर्ववडाध्यक्ष गोविन्द्र यादवले जानकारी दिए । उनले भने, ‘मैले जुन उद्देश्यले भवन बनाएको थिएँ, त्यो हुन नसके पनि अहिले कम्तीमा पालिकाको कार्यालय चलाउँदा भवनको सुरक्षा र सरकारी रकमको बचत हुन्थ्यो ।’