काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनी सिर्जना जोशीको नाममा रहेको १९ हजार आठ सय ८२ कित्ता सेयर बिक्रीमा राखिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरिद गर्न पाउनेछन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता दुई सय १५ रुपैयाँ तोकिएको छ । इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको सुन्धारामा रहेको सीटीसी मलस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।