काठमाडौं । लक्ष्मी म्युचल फन्डअन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फन्ड र लक्ष्मी भ्यालु फन्ड–२ को लाभांश घोषणा भएको छ । लक्ष्मी सनराइज बैंकद्वारा प्रवर्द्धन गरिएको तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त दुई योजनाको लाभांश घोषणा भएको हो । यसअन्तर्गत लक्ष्मी सनराइज ब्लुचिप फन्डका एकाइधनीहरूका लागि करसहित १९ प्रतिशत नगद लाभांश घोषणा गरिएको छ ।