काठमाडौं । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना)को लाभांश घोषणा भएको छ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त खुलामुखी योजनाको लाभांश घोषणा भएको हो ।
क्यापिटलले आर्थिक वर्ष २०८१/८२का लागि स्किमको एकाइधनीका लागि करसहित आठ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । लाभांश साउन ११ गतेसम्म इकाइधनी दर्ता किताबमा कायम भएका एकाइधनीहरूले मात्रै प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ । लाभांश रकमले यसै योजनाको एकाइ खरिद गरेर पुनः लगानी गर्न सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ । पुनः लगानी गर्न चाहने सेयरधनीको हितग्राही खातामा रकम बराबरको इकाइ जम्मा गरिने र पुनः लगानी गर्न नचाहने सेयरधनीको बैंक खातामा रकम जम्मा गरिने क्यापिटलले जनाएको छ ।