काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ नेपाली कांग्रेस संसदीय दलको नेतामा पराजित भएका छन् । बुधबार भएको निर्वाचनमा इन्द्र बानियाँसँग लामा संसदीय दलको नेतामा पराजित भएका हुन् ।
बानियाँ २२ मत पाएर संसदीय दलको नेता निर्वाचित हुँदा लामाले १४ मत मात्र पाएका थिए भने एक मत बदर भएको छ । बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको नेताबाट पराजित भए पनि लामाले मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन् । संसदीय दलको नेतामा निर्वाचित बानियाँले भने लामाले राजीनामा नदिए प्रक्रियाअनुसार मुख्यमन्त्रीबाट हटाउने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।