गुल्मी । कालीगण्डकी सडक पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा बिहीबार बिहान ठूलो चट्टानसहितको पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । पहिरो पन्छाउने प्रयास जारी छ ।