काठमाडौं । जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मिहिनेतको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम ‘सन एचिभर्स नाइट २०८२’ सौराहामा सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न विधाहरूमा सर्वोत्कृष्ट हुने अभिकर्ताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । एमडीआरटी २०२५, सर्वाधिक बीमालेख बिक्री, व्यक्तिगत तथा टिम व्यवसायमा सर्वाधिक बीमाशुल्क संकलन, सर्वाधिक अभिकर्ता सक्रियता आदि विभिन्न विधाहरूमा अब्बल हुने अभिकर्ताहरूलाई सम्मान गरिएको हो ।
साथै कम्पनीले व्यवसायका आधारमा अभिकर्ताहरूलाई शुक्र, चन्द्र, मंगल तथा दी सन क्लब मा वर्गीकरण गरी सोहीअनुसारको सम्मान पनि गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईलगायत वरिष्ठ प्रदाधिकारीहरू उपस्थित थिए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले यसप्रकारको कार्यक्रमले अभिकर्ताहरूको व्यक्तित्व विकास भई ग्राहकवर्गमा पुर्याउने सेवामा थप दक्षता अभिवृद्धि गरी कम्पनीप्रतिको निष्ठा, भरोसा, मिहिनेत र बीमितप्रतिको उत्तरदायित्वको नै कम्पनीको मेरुदण्ड भएको जानकारी गराए । कम्पनीले हाल देशभरका एक सय ४३ शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।