काठमाडौं । एनआईसी एसिया बैंक र बूढानीलकण्ठ हेरिटेज लिमिटेडबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई लेमोन ट्री प्रिमियर, बूढानीलकण्ठमा सेवा लिँदा छुट उपलब्ध गराउने विषयमा सम्झौता उक्त सम्झौता भएको हो ।
बैंकका अनुसार यो सम्झौतापश्चात् बैंकका ग्राहकले अब लेमोन ट्री प्रिमियरमा सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बूढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोजकुमार थापाले हस्ताक्षर गरेका छन् ।
यो सुविधाको उपभोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बूढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।