रुपन्देही, करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा एक सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा अवस्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी हुन्।३४ वर्षीय केसी दोलखाको मेलुङ गाउँपालिका–६ का स्थायी बासिन्दा हुन्। उनलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी गणेश सापकोटाले जानकारी दिए। सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप लागेको छ।प्रहरीका अनुसार अध्यक्ष केसीसहितका व्यक्तिहरूविरुद्ध २०८१ वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो। पुर्जी जारी भएपनि फरार रहँदै आएका केसी अन्ततः भक्तपुरमा फेला परेका हुन्। यस प्रकरणको विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साथै, सहकारीमा बचत गर्ने सर्वसाधारणहरू ठगीमा परेको भन्दै आक्रोशित बनेका छन्।