काठमाडौ । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/०८२मा उत्कृष्ट व्यवसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्ताहरूलाई पोखरामा आयोजित ‘बिजनेस एक्सीलेन्स अवार्ड नाइट २०२५’मा भव्यरूपमा सम्मान गरेको छ । पोखरा ग्राण्डमा आयोजित सो समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नाबय प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिरहरू, प्रदेश प्रमुखहरू र कम्पनीका कर्मचारीहरूको सहभागितामा उक्त अवार्ड समारोह सम्पन्न गरेको हो ।
कम्पनीका अभिकर्ताहरूको व्यवसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदरस्वरूप उक्त विषेश कार्यक्रम आयोजना गरिएको थियो । स्वदेशी उद्योगहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभिकर्ताहरूलाई नेपालमै निर्मित स्वदेशी आँखीझ्याल शैलीका विशेष अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीले प्राप्त गरेको सफलता सम्मान र अवार्डहरू अभिकर्ता र कर्मचारीहरूको निरन्तर सहकार्यको प्रतिफल भएको र भविष्यमा अझ प्रगतिशील, प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित सेवाहरू सञ्चालन गर्दै लैजाने व्यहोरा उद्घोष गरी उक्त समारोहको समापन गरिएको थियो ।