काठमाडौ । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला सदस्य उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले यही साउन २ गते काठमाडौंको जोरपाटी र साउन नौ गते शान्तिनगरमा महिला सदस्य उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको हो ।
संंस्थाका प्रमुख कार्यकारी अधिकृत बलदेव कुमार पौडेलका अनुसार महिला सदस्यहरूका लागि दुईदिने महिला सदस्य उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा साकोसले सञ्चालन गरेका क्रमिक प्रकृतिका बचतहरूका बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो । कार्यक्रममा साकोसका सचिव हरिप्रसाद घिमिरेले चालू आर्थिक बर्ष २०८२/०८३मा सदस्यमुखी कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको बताए ।
महिला उपसमितिकी संयोजक श्रीभा नेपालले सहभागीहरूलाई स्वागत गर्दै सदस्यहरूलाई साकोसप्रति थप सकारात्मक बनाउने भएकोले कार्यक्रम प्रभावकारी रहेको बताइन् । ४५ जना सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित हुने सदस्यहरूबीच हातमा मेहन्दी लगाएर साउन महिनाको साथै तीजको उपलक्ष्यमा शुभकामना आदान समेत गरिएको थियो ।