काठमाडौं,खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ ३ गतेबाट हाल कायम रहेको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार तीन सय रुपैयाँमध्येबाट एकबराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४६ करोड ५७ लाख १४ हजार तीन सय रुपैयाँबराबरको ४६ लाख ५७ हजार एक सय ४३ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य यही भदौ ३ गतेबाट सुरु भई भदौ २३ गते बन्द हुनेछ ।