काठमाडौं, शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नै नेप्से परिसुचक ६३ दशमलव ७३ अंकले ओरालो लागेर २८ सय ५८ दशमलव ९० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ३७ अंकले ओरालो लागेर चार सय ९० दशमलव ७५ बिन्दुमा खुम्चिएको छ ।
आज तीन सय १९ वटा कम्पनीहरुको एक लाख ५२ हजार पाँच सय १८ पटकको कारोबारमा तीन करोड २२ लाख ६० हजार तीन सय ४१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम १३ अर्ब सात करोड ५० लाख चार हजार नौं सय २० रुपैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो भएको छ ।