काठमाडौ । सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ । यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको छ ।
दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको छ । ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्«याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेन्सर जडान गरिएको छ । यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ । साथै, यसमा रहेको रनिङ कोचले दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ । साथै, करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै लिन सकिने जनाइएको छ ।
यसैगरी, यसमा भएको सामसङ हेल्थजस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्नेजस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत हात नचलाई नै गर्न सकिन्छ । ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्य केन्द्रित बनाएको कम्पनीले जनाएको छ । पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ ।
नेपालमा ग्यालेक्सी वाच८ क्लासिकको मूल्य ७४ हजार नौ सय ९९ रुपैयाँ, ग्यालेक्सी वाच८को ४० एमएमको ५४ हजार नौ सय ९९ रुपैयाँ र ४४ एमएमको ५९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।