काठमाडौं ।कोरियन भाषा परीक्षाका लागि ईपीएस अन्तर्गत आवेदन खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिने गरी फारम खुला गरेको हो।कोरियामा नेपाली कामदार पठाउने उद्देश्यले लिइने पहिलो चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो। मानव संशाधन विकास सेवा ९ज्च्म्० कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रमा कार्य गर्न इच्छुक नेपालीका लागि आवेदन माग गरेको हो। यो वर्ष भाषा परीक्षाको लागि पाँच हजार ३०० कोटा तोकिएको छ। जसमा तीन हजार ५०० कोटा उत्पादनमूलक क्षेत्रमा र एक हजार ८०० कोटा कृषि तथा पशुपालन क्षेत्रमा रहेका छन्। एक व्यक्तिले एउटा क्षेत्र मात्र रोजेर फारम भर्न पाउने व्यवस्था गरिएको छ।भाषा परीक्षा पास गरेका उम्मेदवारहरूलाई दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी गराइनेछ। ती सबै चरण पार गरेपछि मात्र रोजगारको लागि अन्तिम आवेदन दिन पाउने व्यवस्था छ। उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। साथै अदालतबाट फौजदारी अभियोगमा सजाय नपाएको, कोरियाबाट गैरकानुनी रूपमा फिर्ता नपठाइएको, र नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको व्यक्तिले मात्र आवेदन दिन पाउनेछन्। परीक्षा काठमाडौंमा हुने छ।