काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन १६ दशमलव ६५ अंकले ओरालो लागेको नेप्से परिसुचक मंगलबार पुन ४१ दशमलव ७८ अंकले खुम्चिएर २८ सय ३३ दशमलव ५७ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५१ अंकले ओरालो लागेर चार सय ८८ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ ।
नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरुको एक लाख ३० हजार नौं सय ५३ पटकको कारोबारमा दुई करोड २२ लाख सात हजार एक सय ४२ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट यसदिन कुल कारोबार रकम नौं अर्ब ३३ करोड ३९ लाख ८८ हजार चार सय ८१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये लघुवित्त उपसमुहको सुचक २३ दशमलव ९२ अंकले उकालो लागेर पाँच हजार तीन सय ६४ दशमलव ३३ बिन्दुमा चढ्दा सामुहिक लगानी कोष उपसमुहको सुचक पनि शुन्य दशमलव शुन्य तीन अंकले उकालो लागेको छ ।