सोलुखुम्बु — सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका ४५ वर्षीय रामचन्द्र बस्नेतलाई गाउँकै एक असक्त महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का लिखुपिके गाउँपालिका सभापतिसमेत रहेका बस्नेत सोमबार काठमाडौँको वनस्थलीबाट पक्राउ परेका हुन्।
प्रहरीका अनुसार बस्नेतले २०८१ साउन ६ गते गाउँकै ५९ वर्षीया असक्त महिलामाथि बलात्कार गरेको उजुरी परेको थियो। उजुरीपछि फरार रहेका उनी लामो समयको खोजीपछि काठमाडौँमा फेला परेका थिए। उनलाई पक्राउ गरी सोलुखुम्बु ल्याइएको प्रहरीले बताएका छ ।पक्राउ परेपछि उनलाई बुधबार जिल्ला अदालत सोलुखुम्बुमा उपस्थित गराई सात दिनको म्याद थप गरिएको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पीडित महिला असक्त रहेको र घटनाको प्रकृति संवेदनशील भएकाले प्रहरीले अनुसन्धानलाई गोप्य र गम्भीर ढंगले अघि बढाइरहेको जनाएको छ।