काठमाडौं । पछिल्ला केही वर्षयता इलेक्ट्रोनिक्स बजारमा नेपालका उपभोक्तामा उल्लेखनीय परिवर्तन देखिएको छ । आम उपभोक्ताहरु अहिले स्मार्ट टीभी, होम अडियो र इन्टरनेट जडित उपकरणतर्फ आकर्षित भएका छन् । यस परिवर्तनको केन्द्रमा रहेका ब्रान्डहरूमध्ये शाओमी एक शक्तिशाली नाम बनेको छ ।
चीनमा स्थापना भएको शाओमी कम्पनीले नवीनता, सहज प्रयोग र किफायती मूल्यलाई आधार मानेर विश्वव्यापी बजारमा आफ्नो पहिचान बनाएको हो । नेपालको सन्दर्भमा हेर्ने हो भने, शाओमीले स्मार्टफोनबाट सुरु गरेको उपस्थिति अहिले स्मार्ट टीभी सेग्मेन्टमा समेत प्रभावशाली बन्दै गएको छ । प्रविधि, पहुँच र डिजाइनको सन्तुलनः शाओमीका टीभीहरू नेपाली बजारमा उपलब्ध अन्य ब्रान्डहरूसँग तुलना गर्दा, मूल्य र गुणस्तरको हिसाबले सन्तुलित देखिन्छन् । कम्पनीले साना कोठाका लागि एचडी र फुल एचडी टीभी, अनि ठूला मनोरञ्जन कक्ष वा लिभिङ रूमका लागि फोरके क्यूएलईडी टीभीहरू सबै खालका उपभोक्तालाई लक्षित गरी बजारमा ल्याएको छ । यी सबै मोडेलमा गुगल टीभी, क्रोमकास्ट, गुगल असिस्टेन्टजस्ता अत्याधुनिक स्मार्ट फिचरहरू छन् ।
कम्पनीले मोडलअनुसार टीभीको मूल्य निर्धारण गरेको छ । कम्पनीका अनुसार शाओमी टीभी ए मोडल २९ हजार नौ सय ९९ रुपैयाँदेखि एक लाख १९ हजार नौ सय ९९ रुपैयाँसम्म रहेको छ । नेपाली बजारमा स्मार्ट टीभीको माग तीव्र गतिमा बढ्दै गएको छ । सस्तो र सजिलो इन्टरनेट पहुँच, डिजिटल प्लेटफर्महरूको बढ्दो प्रयोग र युवा पुस्ताको प्रविधिप्रतिको रुचिले स्मार्ट टीभीलाई ‘लक्जरी’बाट ‘आवश्यकता’तर्फ तानिरहेको कम्पनीको भनाइ छ ।