काठमाडौं । जर्मन ब्रान्ड फक्सवागनका लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले वट्रस सेडान र नयाँ टाइगुन गाडी नेपालमा सार्वजनिक गरेको छ ।
कम्पनीले नाइमा मोबिलिटी एक्स्पोको अवसरमा यी दुई गाडीहरु सार्वजनिक गरेको हो । यी दुवै गाडीहरुमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल एक दशमलव पाँच लिटरको टर्वो पावर इन्जिन जडान गरिएको छ ।
जर्मन प्रविधिबाट निर्मित यी गाडीहरुले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति ग्राहकहरुलाई गराउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यी गाडीहरुमा पावरको आवश्यकताअनुसार दुई वा चारै सिलिन्डरद्वारा चल्ने १५ सय सीसीबाट एक सय ५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट इन्जिन रहेको छ ।