काठमाडौं । सामसङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याक्डमार्फत सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोनहरू अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएका छन् । सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर बिहीबारदेखि सुरु गरेको हो ।
साउन २९ गतेसम्म प्रि–अर्डर खुला रहने कम्पनीले जनाएको छ । सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड, ग्यालेक्सी जेड पफोल्ड७ मा अत्याधुनिक डिजाइन, दमदार क्यामेरा र ग्यालेक्सी एआईको स्मार्ट फिचर्सहरु समावेश छन् । ठूलो डिस्प्ले, फ्लेक्स मोड, मल्टिटास्किङ र ब्याट्रीमा सुधारले यो जेड फोल्ड सिरिजलाई अझ उपयोगी बनाएको छ । नयाँ संस्करणमा अझ राम्रो हिन्ज, तेज प्रोसेसर, उज्यालो स्क्रिन र दुई सय मेगापिक्सेल एआई इन्ह्यान्स्ड क्यामेरा प्रणाली समावेश गरिएको छ ।
नयाँ फोल्ड र फ्लिप दुवैमा जेमिनी लाइभ फिचर पनि उपलब्ध छ, यसले ठूलो स्क्रिनमा स्क्रिन सेयरिङ र रियल टाइम सपोर्ट सम्भव बनाउँछ । साथै, क्यामेरामार्फत कुनै पनि वस्तुलाई देखाएर नेचुरल, संवादात्मक प्रश्न सोधी प्रयोगकर्ताले तुरुन्त जवाफ पाउनेछन् । ग्यालेक्सी जेड फ्लिप७ अब झनै पातलो, टिकाउ र पोर्टेबल बनेको छ । यसमा प्रिमियम क्यामेरा, राम्रो स्ट्याबिलाइजेसन, सटिक रङ र लामो ब्याट्री लाइफ उपलब्ध छन् । जेमिनी एआईको मद्दतले यात्रा वा व्यस्त दिनमा लेख्न, अनुवाद गर्न र काम मिलाउन सहज बनाउँछ ।
साथै, क्रिएटिभ प्रयोगकर्ताहरूका लागि एकदम उपयोगी नयाँ स्केच तु इमेज फिचरको साथ प्रयोगकर्ताले बनाएको स्केचलाई तुरुन्तै आकर्षक भिजुअलमा रूपान्तरण गर्न सकिन्छ । कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड७ को मूल्य दुई लाख ४४ हजार नौ सय ९९ रुपैयाँ र ग्यालेक्सी जेड फ्लिप७ को मूल्य एक लाख ५४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।