राजविराज (सप्तरी) । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार बेवारिसे अवस्थामा नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा १७ पोकामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो ।