महेन्द्रनगर (धनुषा) । रेल र कार जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान एकापसमा ठोक्किँएर दुर्घटना भएको छ ।
महोत्तरीको पिपराढी स्टेशनबाट बागमती प्रदेश०१-०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे जनकपुरधामतर्फ आउँदै गर्दा नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जानकारी दिए ।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा ठूलो क्षति पुगेको छ भने कारमा सवार तीन जनालाई सामान्य चोटपटक लागेको छ । दुर्घटनापछि रेल सेवा केही समय अवरुद्ध भएको जनाइएको छ भने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिएका छन् ।