काठमाडौं । कृषि विकास बैंकको खुद मुनाफा बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा चार अर्ब १५ करोड ४४ लाख ७५ हजार सात सय ९२ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ८९ करोड ७४ लाख ८७ हजार आठ सय एक रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार तीन सय रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासमा दुई खर्ब ९३ अर्ब ५७ करोड ४८ लाख ४३ हजार आठ सय ६७ रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब १३ अर्ब १४ करोड २८ लाख नौ हजार चार सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा नौ अर्ब ८२ करोड १४ लाख ८४ हजार चार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा नौ दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ४३ अर्ब ६२ करोड ८६ लाख ५८ हजार पाँच रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब तीन अर्ब ६१ करोड ७० लाख ४९ हजार आठ सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० अर्ब ५५ करोड २७ लाख ८१ हजार नौ सय ४१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा नौ दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।