काठमाडौं । एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान र आगामी वर्षको योजना तर्जुमा तथा उत्साहको कार्यक्रम ‘सानिमा रिलायन्स ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न भएको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिय म्यानेजरहरू, तथा उत्कृस्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसरलगायत कस्टमर सर्भिस एक्जुकेटिभहरूहरूको सहभागितामा पोखरामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले गत वर्ष आवमा सात सय करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सबै कर्मचारीलाई बधाई दिँदै सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनुपर्ने र नयाँ अभिकर्ताहरूको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मिहिनेत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्रस्थानमा स्थापित गराउन मद्दत पुर्याउने कुरा उल्लेख गरे ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले असम्भव शब्दभित्र सम्भव लुकेको हुनाले एकजुट प्रयास, सकारात्मक सोच र निरन्तर मिहिनेतले सम्भव बनाउन सकिनेबारे कुराको प्रकाश पारे । साथै कम्पनीले लिएको यस वर्ष लक्ष्य प्राप्तिको लागि कार्य योजनासहित काम गर्नको लागि निर्देशन दिए ।
गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृस्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिय म्यानेजर शाखा, उपशाखा प्रमुख, मार्केटिङ अफिसरलगायत कस्टमर सर्भिस एक्जुकेटिभहरूलाई सम्मान गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतले कम्पनीमा नयाँ र आकर्षक बीमा लेखहरूमार्फत ग्राहक संख्या विस्तार गरिने बताए भने नायब प्रमुख कार्यकारी अधिकृतले कम्पनीको गत आर्थिक वर्षको डेटा प्रस्तुत गर्दै यस वर्ष कम्पनीलाई नयाँ उचाइमा पुर्याउन सबैले अहोरात्र खटिएर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धक तथा क्षेत्रीय प्रबन्धकहरूले आफ्नो कार्यनुभव साटासाट गरेका थिए । कार्यक्रमलाई ज्ञानवर्द्धक बनाउनको लागि प्रख्यात स्पिकर मान्सी अग्रवाललाई आमन्त्रित गरिएको थियो । उनले असल नेतृत्वमा हुनुपर्ने गुणहरूको आवश्यकता र महत्वको बारेमा चर्चा गरेकी थिइन् ।