काठमाडौं । मिडसाइज क्रसओभर एसयूभी माज्दा सीएक्स–६० नेपाली बजारमा सार्वजनिक भएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को चौथो दिन पारामाउन्ट मोटर्सले माज्दा सीएक्स–६० शनिबार भृकुटीमण्डपमा सार्वजनिक गरेको हो । यस प्रिमियम एसयूभीको मूल्य एक करोड ५१ लाख रुपैयाँ तोकिएको छ ।

गाडी २५०० सीसी क्षमताको स्काई अक्टिभ पेट्रोल इन्जिनमा उपलब्ध छ । जसले १८५ हर्स पावर तथा २५० एनएम टर्क प्रदान गर्छ । कारमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन छ ।