काठमाडौं । बजाज अटो लिमिटेडले हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँगको सहकार्यमा काठमाडौंको नक्सालमा नेपालको चेतकको पहिलो सोरुम सञ्चालनमा ल्याएको छ ।
सोरुमको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले उद्घाटन गरेका थिए । कम्पनीका अनुसार एक हजार आठ सय वर्गफुटमा फैलिएको यो स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन एकै छानामुनि समग्र ईभी अनुभव प्रदान गर्ने गरी तयार गरिएको हो । कम्पनीका अनुसार सोरुममै टेस्ट राइड र तुरुन्तै बुकिङ सुविधा रहेको छ । यस्तै, लाइभ चार्जिङ डेमो, लाइफस्टाइलबाट प्रेरित मिनिमलिस्ट डिजाइन, वातावरणअनुकूल लाइटिङ र डिजिटल इन्टरफेसलगायतका अनुभव लिन सकिन्छ ।