काठमाडौं । बजाज चेतक ईभी ४ हजार ६६० मिटर उचाइमा रहेको कोरला सीमा पुग्ने पहिलो ईभी टु ह्विलस्र्स सवारी बनेको छ । यो नेपालको ईभी इतिहासमा एक ऐतिहासिक उपलब्धि भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त यात्रा एक हाइअल्टिच्युड एन्ड्युरेन्स परीक्षणको हिस्सा थियो, यसले यो स्कुटरको चरम परिस्थितिमा समेत प्रदर्शन गर्न सक्ने क्षमताको प्रमाण दिएको कम्पनीको दाबी छ । चेतक ईभीको यो साहसी प्रयासले नेपालमा ईभीको भविष्यमा नयाँ सम्भावनाहरूको ढोका खोलेको जनाइएको छ । उचाइमा चढाइ, कम तापक्रम र अनियमित भौगोलिक स्थितिहरू पार गर्दै, यो विद्युतीय स्कुटरले शहरी सिमाना पारि पनि अत्याधुनिक प्रदर्शन गर्न सक्ने क्षमताको परिचय गराएको कम्पनीको भनाई छ । बजाज चेटक ३५०१ एक उन्नत इलेक्ट्रिक स्कुटर हो, जुन शहरी सडकदेखि कठिन भौगोलिक क्षेत्रसम्म सहज यात्रा गर्न डिजाइन गरिएको छ ।
यो स्कुटर शहरका सडक र दुर्गम भूभाग दुवैका लागि निर्मित एक उन्नत विद्युतीय स्कुटर हो । यसले प्रति चार्ज १५३ किलोमिटरको प्रमाणित १३५ रेंज प्रदान गर्ने जनाईएको छ । जियो–फेन्सिङ, एक्सिडेन्ट डिटेक्सन र एन्टी– ठेफ्ट प्रोटेक्सन जस्ता सुविधाहरूको साथ सुरक्षा बढाइएको छ । ३५ लिटर अन्डरसिट स्टोरेज र केवल ३ घण्टामा ८० प्रतिशतसम्म फास्ट चार्जिङको साथ, चेतक ३५०१ एक यस्तो सवारी हो, जुन सुविधा र कार्यक्षमताबीच सम्झौता नगरी वास्तविक जीवनका लागि तयार छ ।