काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एमजीले यस वर्षकै सबैभन्दा रोमाञ्चक अफरहरू सार्वजनिक गर्दै उत्साह थपेको छ । नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्स्पो अवधिमा मात्र लागू हुने विशेष अफरहरू घोषणा गरेको हो ।
आइतबारसम्म सञ्चालन हुने एक्स्पोमा एमजी र आईएमका स्टलहरूमा गएर ग्राहकहरूले सीमित अवधिका लागि लागू हुने अफरहरू प्राप्त गर्न सक्छन् । यी अफरहरू एमजी फोर ईभी, एमजी एस फाईभ ईभी, विन्डसर ईभी, कमेट ईभी र भविष्यको प्रविधि समेटिएको एमजी आइएम छजस्ता चर्चित मोडेलहरूमा उपलब्ध छन् । चार लाख रुपैयाँसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र प्रत्येक खरिदमा तीन किलोवाट वा सात किलोवाट चार्जर निःशुल्क पाइनेजस्ता आकर्षक सुविधाहरु छन् । कम्पनीका अनुसार यो एमजीको अहिलेसम्मकै सबैभन्दा आकर्षक अफर हो ।