काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरूको लाभांश घोषणा भएको छ । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरू सिद्धार्थ इक्विटी फन्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को आर्थिक वर्ष २०८१/८२को प्रतिफल (नगद लाभांश) घोषणा गरिएको छ ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको यही साउन २३ गते शुक्रबार बसेको सञ्चालक समितिको १९२औँ बैठकले आर्थिक वर्ष २०८१/८२का लागि करसहित देहायबमोजिमको प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ ।
