गलकोट (बागलुङ) । अविरल वर्षाका कारण ठूला–ठूला चट्टानसहितको पहिरो खस्दा कालीगण्डकी ‘करिडोर’को बागलुङ खण्ड तीन दिनदेखि ठप्प बनेको छ ।
करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा शनिबार चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । आइतबार दिनभर अवरुद्ध सडक खुलाउन दुई स्काभेटर प्रयोग गरे पनि पहिरो ठूलो भएकाले अहिलेसम्म सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
उक्त खण्डमा सडक खुलाउन समस्या भइरहेको हुँदा यातयता ठप्प भएर यात्रुलाई समस्या भएको छ । कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरेर सोमबार बिहानैदेखि पहिरो पन्छ्याउने काम पुन: थालिएको छ ।