जलेश्वर । रातो खोलामा आएको बाढीले बगाउँदा महोत्तरीको बलवा नगरपालिका–२ मा एक युवकको मृत्यु भएको छ ।
महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३०÷३५ वर्षीय चन्दनकुमार ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले बताए ।
प्रहरी निरीक्षक चौहानले बलवा नगरपालिका–३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको बताए ।