काठमाडौं । शेयर बजारमा पहिरो गएको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजार परिसुचक नेप्से २७ दशमलव ९० अंकले ओरालो लागेर २८ सय २२ दशमलव ४६ बिन्दुमा खुम्चिएको छ । आज क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७४ अंकले ओरालो लागेर चार सय ८५ दशमलव ४१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको ९८ हजार पाँच सय २५ पटकको कारोबारमा दुई करोड ५० लाख ९२ हजार चार सय ९० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १० अर्ब २१ करोड एक लाख ४२ हजार तीन सय आठ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये अन्य र सामुहिक लगानी कोष उपसमुहको सुचक सामान्य अंकले बढेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक भने उच्च अंकले ओरालो लागेका छन् ।