काठमाडौँ । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश तथा विदेशमा रहेका सम्पूर्ण युवामा हार्दिक शुभकामना व्यक्त गरेकक छन् ।
सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा लाग्न युवा जमातलाई आह्वान गर्दै अध्यक्ष दाहालले गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीबाट पार पाउँदै दिगो विकासका लक्ष्य प्राप्तिमा युवा वर्ग लाग्नुपर्नेमा जोड दिएका छन् । युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन माओवादी नेतृत्वको सरकारले विशेष प्राथमिकता दिएको उनले शुभकामना सन्देशमा भनेका छन् ।