काठमाडौं — चक्रे मिलन भन्ने मिलन गुरुङसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा मुद्दा दायर गरेको हो। प्रहरीका प्रवक्ता दीपक श्रेष्ठका अनुसार, अभद्र व्यवहारमा पहिलो पटक जिल्ला प्रशासन कार्यालयले फैसला गर्ने प्रावधान भए पनि चक्रे मिलनसहितका प्रतिवादीहरूले पटक-पटक यस्ता कसुर गरेकाले मुद्दा अदालतसम्म पुगेको हो।