काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक करोड ९६ लाख एक सय ३६ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ३५ लाख २१ हजार सात सय ९९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार एक सय रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासमा दुई अर्ब ६० करोड ७६ लाख ८२ हजार पाँच सय ३४ रुपैयाँ निक्षेप संंकलन गरी पाँच अर्ब ७६ करोड ९३ लाख ५२ हजार सात सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ४५ करोड १४ लाख ९९ हजार चार सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १० दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ३७ करोड १४ लाख १९ हजार एक सय ५९ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३६ करोड ५९ लाख तीन हजार ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४१ करोड ३९ लाख नौ हजार सात सय ८३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।