काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्ंथाले गत आर्थिक वर्षको चौंथो त्रैमासमा २५ करोड ४० लाख १७ हजार दुई सय नौं रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ३० करोड १९ लाख ४२ हजार आठ सय १३ रुपैयाँ थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३९ करोड ७७ लाख ६४ हजार दुई सय ७२ रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासमा छ अर्ब ४५ करोड ९९ लाख एक हजार सात सय ८४ रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १३ करोड ८३ लाख २९ हजार छ सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४३ करोड ४७ लाख२४ हजार सात सय ७० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा ११ दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले छ अर्ब १४ करोड १२ लाख ७९ हजार नौ सय ५० रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड २० लाख ३९ हजार चार सय ९२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९१ करोड १६ लाख ९७ हजार ६९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १० दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।