काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा शाखा–प्रबन्धक तथा अन्य सहकर्मीमाझ ‘मधेश लिडरसिप: ड्राइभिङ पर्फरमेन्स एन्ड अचिभिङ गोल्स’सम्बन्धी सेमिनार आयोजना गरेको छ । सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उपप्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।
सेमिनारमा चालू आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरदृष्टि आदान–प्रदान भएकोे छ । मधेश केन्द्रित भएको यो कार्यक्रमजस्तै अन्य प्रदेशमा पनि प्रदेशस्तरमा गरिने योजना बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।
यस अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११ दशमलव १५ प्रतिशत वृद्धि बढ्दै एक खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०/८१को असार मसान्तमा यो रकम एक खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११ दशमलव ६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल दुई खर्ब १४ अर्ब आठ करोड रुपैयाँको निक्षेप संकलन पु¥याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद ब्याज आम्दानीमा ११ दशमलव २० प्रतिशतको वृद्धि हुँदै यो रकम छ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर शून्य दशमलव ५५ प्रतिशत र पुँजी प्रतिफल दर पाँच दशमलव ८१ प्रतिशत कायम भएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन–पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोन–पे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।