काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त गरेका छन्। नियुक्त हुनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्राडा विक्रमप्रसाद श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा भरत खत्री, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पुजनकुमार रोकाया छन्। बीपीमा नियुक्त डा. श्रेष्ठ हाडजोर्नी विशेषज्ञ हुन् भने पोखराका खत्री पनि हाडजोर्नी विशेषज्ञ हुन्। पाटनका डा. पौडेल बाथरोग विशेषज्ञ हुन्। कर्णालीका डा. रोकाया हाडजोर्नी र नशा रोग विशेषज्ञ रहेका स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ।